बिगतका केहि बर्षदेखि काठमाण्डौ, पोखरा , चितवन , इटहरी लगाएतका शहरहरुमा आवासीय र ब्यापारिक प्रयोजनका लागि घर बनाउने क्रम बढ्दो छ । बढ्दो सहरीकरणको माग अनुरुप उक्त ठाउँहरुमा घर बन्न योग्य जग्गाको मूल्य पनि दिनानुदिन बढ्दै जाँदा जग्गा किन्न नै हम्मे हम्मे हुने स्थिति को सिर्जना भैसकेको छ । एस्तो परिस्थितिमा जग्गा किन्दा केहि आधारभूत चिजहरुको विस्लेषण गर्नु अनिवार्य नै हुन्छ ।
कुनै जग्गामा नि घर बनाउनको लागि बाटोको आवस्यकता पर्छ , सम्बन्धित पालिका मा नक्सा पास गर्नलाई बाटो देखिनै पर्छ । तपाइको जग्गाको कित्ताले छोएको बाटो भबिस्यमा कति चौडाई को हुन्छ , र जग्गा को कति भाग बाटोलाई छोडेर आफुले पर्खाल लगाउन सकिने भन्ने कुराको सम्बन्धित पालिका र वडा मा बुज्नु पर्छ । कहिले कसो ४ फीट को बाटोमा सस्तो जग्गा पाए भन्दा भन्दै पनि भबिस्यमा उक्त बाटो २०-२५ फीट को हुदा तपाइको जग्गाको निकै क्षेत्रफल बाटोको लागि जना सक्छ । नक्सा पास गर्नलाई हालको बाटोको केन्द्र रेखा देखि छोड्नु पर्ने दुरी (R.O.W-Right Of Way ) को एकिन नगरी जग्गा नै नकिन्न को लागि प्राबिदिकहरु सल्लाह दिने गर्नुहुन्छ , सो एकिन गर्न पालिका को G.L.D साखमा सम्पर्क गर्न सकिन्छ ।
स्वामित्व धेरै किसिमका हुने गर्छन : निजि , रैकर , रैतानी , गुठि , सरकारी , आदि । जग्गा पास गर्नु पूर्व जग्गाको स्वामित्वमा मुद्धा मामिला , गुठीको प्राबधान , आदि चिजहरु प्रस्ट संग बुजेर लिनु पर्दछ ।कतिपय सन्दर्भमा त बिचौलियाहरु मिलेर सेटिङ्ग मा जग्गा पास गरिदिने र घर बनाउने बेला बिबादमा मुछिने पनि व्यापक देखिने गरिएको छ ।
प्रस्तावित जग्गा भन्दा खोला , नाला , हाई-टेन्सन लाइन , राजकुलो कति दुरीमा छन् या साँध संग जोडिएको नै छ ?? खोला नजिकै घर बनाउने सोचमा हो भने ,मनसुन मा पनि उच सतह (HFL ) को एकिन गरि सोहि अनुरुप बिल्डिंगको प्लिन्थ जमिनको सतह भन्दा कति उचाईमा जना पर्ने प्राबिदिक बिस्लेशन गर्नु पर्छ , नभए बाडिको समयमा घर भित्र पानी छिर्ला कि भन्ने अन्योल कायम हुन सक्छ । साथै खोला किनार बाट पनि घर बनाउनको लागि सेटब्याक छोड्नु पर्छ , जस्तै काठमाण्डौको हकमा बागमतीको खोलाको किनारबाट 20 मि , मनहरा खोला को किनारबाट २० मि , नक्खु खोलाको किनारबाट १२ मि छोड्नै पर्ने प्राबधान छ । साथै हाई-टेन्सन लाइन को केन्द्र बाट पनि सेटब्याक को मापदण्ड लाग्छ , जस्तै ४४० भोल्ट को लाइन बाट न्युनतम १.२५ मि , ३३ किलो भोल्ट को लाइन बाट न्युनतम 2 मि ,१३२ किलो भोल्ट को लाइन बाट न्युनतम ९ मि नछोडी आफ्नै जग्गा भए पनि निर्माण कार्य केहि पनि गर्न र गराउन पाइदैन । राजकुलोको पनि येही अनुसार को स्थानीय मापदण्ड हुने गर्छ ।
पालिका स्थर बाट विभिन्न भागहरुलाई क्षेत्र र उपक्षेत्रमा बर्गिकरण गरिएको हुन्छ , जस्तै आवासीय क्षेत्र , ब्यापारिक क्षेत्र , पुरानो सहरी क्षेत्र , स्मारक क्षेत्र , इत्यादी । बर्गिकरण अनुरुप नै घर कति उचाइको बनाउन पाइने , कति क्षेत्रफल ढाक्न पाउने , घरको ढांचा , रजश्वोको निर्धारण गरिन्छ । यस्तै गरि देशका केहि भूभागहरुमा राष्ट्रिय गौरब का आयोजना , स्मार्ट सिटि को योजना , Special Economic Zone (SEZ) , Land –pooling , को योजना भएको ठाउँमा तपाइको जग्गा पर्छ या पर्दैन , र परेमा सो को मापदण्ड र अवधिको बारे बिस्तृत रुपमा जानकारी लिनु पर्छ ।
तपाइले किन्न लाग्नु भएको जग्गा फिल्डमा भएको आकार प्रकार नापी नक्सा (CadastralMap ) संग मिल्दो जुल्दो छ या छैन ?? लालपुर्जामा देखिने क्षेत्रफल र फिल्डमा भएको क्षेत्रफल मिल्छ या मिल्दैन ?? एस्तो तवरले कागजी रुपमा र वास्तविक रुपमा जग्गाको आकार-प्रकार , क्षेत्रफल नमिल्दा घर बनाउने क्रममा छिमेकि संग विवाद , नक्सा पास मा नगरपालिका मा हैरानी खेप्नु पर्ने र कहिले काही त घरको नक्सा नै पास नहुने स्थिति पनि सिर्जना हुन सक्ने भएकाले दलाल हरुको भर नपरी आधिकारिक अमिन वा इन्जिनिएरको परामर्श लिनु अनिबार्य जस्तै नै हो ।
अन्तत लाखौँ -करोडौं धन खर्चेर किनिने जग्गामा विभिन्न दायरा र मापदण्ड केलाउन आवस्यक हुन्छ र घर बनाउने सोच राखेर किन्दा थुप्रै पक्षहरुको एकिन गर्नु पर्ने हुँदा केहि हदसम्म झन्जटिलो पक्कै पनि हुन्छ । तसर्थ जग्गा छान्दा एकचोटी प्राबिदिक सेवा प्रदायक संस्था वा व्यक्ति संग भेटि एकचोटी कोठाको दांचा ( Floor plan) गराएर क कस्तो भवन बन्न सक्छ भनि तयारी गरेर मात्रै अगाडी बढ्नुहोला ।
Jadan Construction Group ( जडान कन्स्ट्रक्सन ग्रुप )